महोत्तरी / घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरीहरु भारतको सीतमढीमा भेटिएको भङ्गाहा नगरपालिकाका मेयर संजिव सिंहले बताएका छन्।

मङ्गलबार दिउँसो महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी बेपत्ता छन्।

OM Sai Pathibhara Hospital

उनीहरु भारतको सीतामढीमा भेटिएको र नेपाल ल्याउने तयारी भइरहेको मेयर सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले हराइरहेकाहरु सबै सीतामढीमा भेटिएको अपुष्ट खबर प्राप्त भएको बताए। उनले खबर पाएलगत्तै नेपाल प्रहरीको टोली सीतामढी प्रस्थान गरेको बताए।