मोरङ / मोरङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउपालिका –६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोरा रहेका छन् । 

उनी रातको ११ बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएको हात्तीले कुल्चिँदा गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।