ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङबरक गाउपालिका ४ स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिपर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । 

प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई  सडकबाट अन्दाजी २०–२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिपर चालक सिन्धुली कमलमाई –४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दी ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । 

OM Sai Pathibhara Hospital

घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटौमा नै मृत्यु भएको थियो भने अन्य २ जना घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।