बिर्तामोड  (आर्थिक अभियान दैनिकबाट)  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मंगलवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र ग्रीन डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको हो । 

OM Sai Pathibhara Hospital

यी ३ ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १ हजार ६४२ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ८३९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २९ गते धनुषा जिल्लास्थित होटल राजदरबारको सभाहलमा साधारण सभा बोलाएको हो ।

त्यस्तै, नेप्सेले नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। ७८१ तोकेको छ । कम्पनीको सोमवार रू। ८४३ मा अन्तिम कारोबार भएको थियो । 

कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश वितरणका लागि चैत २७ गते कम्पनीले एअरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने जानकारी दिएको छ ।

त्यस्तै, नेप्सले ग्रीन डेभलपमेण्ट बैंकको ३ दशमलव ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १६९ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू। १७५ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारितका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ । सभा कास्कीस्थित होटल बाराहीमा आयोजना हुने कम्पनीले जानकारी गराएको छ ।