बिर्तामोड  / नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट मात्रै कारोबार हुने गरेको नुनको अवैध कारोवार प्रधानमन्त्री निवास वालुवाटारबाटै हुने गरेको पाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सदस्यले नै नुनको अवैध कारोबार गर्ने गरेको पाईएको हो । 

प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका मोतिलाल दुगडले नुनको अवैध कारोबार गर्ने गरेको भएपनि उनीमाथि उनको कारोवारको विषयमा सरकारी निकायले न त छनविन नै गरेको छ न त कारवाही नै । एमाले नेतृत्व अनि सत्तासिन नेताहरुको आडमा उद्योगि दुगडले साल्ट ट्रेडिङले मात्रै नेपालमा बिक्री वितरण गर्दै आएको नुनको समेत कारोबार गर्ने गरेको पाईएको छ । उनले आफ्नो नुनको अवैध कारोवार जोगाउन कै लागि एमालेलाई केहि दिन अघि पार्टी कार्यालय बस्नका लागि भव्य भवन उपहार स्वरुप दिएको पनि दुगड निकटस्थहरुले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका दुगडले केही दिनअघि राजधानीको थापाथली हाइटमा रहेको भव्य महल व्यक्तिगत सम्झौता गरि एमालेलाई पार्टी कार्यालय राख्न दिएका छन् । नुनको कारोवार गर्ने अधिकार नै नपाएका दुगडले आफ्नो कारोवार जोगाउन कै लागि पार्टी कार्यालयका लागि घर दिएका हुन् ।  

मोरङको टंकी सिनवारीमा रहेको दुगड स्पाइस एण्ड फुड प्रोडक्ट प्रा.लि.ले साल्ट टे«डिङले मात्रै बिक्री वितरण गर्न पाउने नुनको अवैध प्याकेजिङ गरी बिक्री वितरण गर्ने गरेको छ । मसला जन्य सामाग्रीको उत्पादन गर्ने गरेको उद्योगले साल्ट ट्रेडिङले मात्रै बिकी वितरण गर्न पाउने नुनको प्याजेङि गरी महँगो मुल्यमा बिक्री वितरण गर्ने गरेको छ । सेन्चुरी स्प्रिंकलर्स टेवल साफ्टको नामबाट नूनको प्याकेजिंग गरी सय ग्रामको ३५ रुपैयाँमा  विक्री गर्ने गरेको छ ।

कम्पनीले आफ्नो बनाएर बिक्री वितरण गरिरहेको नुन भाटभटेनी, गोरखा र बराह सहितका ठूला सुपरमार्केटमा उपलब्ध रहेको कम्पनीमै कार्यरत कर्मचारीले जानकारी गराएका छन् । दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट प्रा.लि. ले प्याकेजिंग गरी बिक्री वितरण गर्ने गरेको नुनको कारोवारको विषयमा सरकारी निकायमा उजुरी परेको भएपनि कुनै सुनुवाई नभएको पाईएको छ । 

सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट ९नून० गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार भईरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा समेत सो विषयमा उजुरी परेको खुल्न आएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले सो विषयमा केहि समय अघि उजुरी दिएको भएपनि सो समयमा उनी नै उधोग राज्य मन्त्रि रहेकाले कारवाही नभएको दुगड निकटस्थहरुले जानकारी गराएका छन् । 

भ्रष्टाचार , बेथिति अनि अपराधको चर्को स्वरुप विरोध गर्दै कारवाहीको बचन दिने प्रधानमन्त्री ओलीले उनको कारोवारलाई छानविन गरी कारवाही गर्नुको साटो राज्य मन्त्रीबाट हटाएर सरकारको नै आर्थिक सल्लाहकार बनाएर थप जोगाउने काम गरेको वालुवाटार स्रोतले बताएको छ  ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार भएपछि अवैध कारोवार गर्दै आएका दुगडले बालुवाटारमा २ सय ३५ जना व्यापारीको लाइन लगाएर पार्टी प्रवेश गराएका थिए ।

दुगडद्वारा सञ्चालित उद्योगले अवैध रुपमा नुनको प्याकेजिङ गरेको र उक्त ब्राण्डको नुनको विक्री वितरणमा रोक लगाउन माग गर्दै मञ्चले खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा छ महिना अघि नै गत भदौ १२ गते उजुरी दिएको थियो । उजुरीका आधारमा विभागको छानबिनमा दुगडको कम्पनिले विभागबाट अनुज्ञा पत्र समेत नलिएको खुलेको थियो।

अनिवार्य रुपमा लिनुपर्ने अनुज्ञा पत्र समेत नलिएको भेटिएपछि विभागले कारबाही तयारी गरेको थियो । तर, प्रधानमन्त्रीको बेड रुमसम्म सहजै पहुँच भएका दुगडले बालुवाटारबाटै विभागलाई फोन गराएर आफ्नो अवैध कारोवार जोगाएर काम जारी राखेका थिए । 

सरकारले गत वर्षको  चैत्र २१ गते राजपत्रमा सुचना नै प्रकाशित गरेर नेपाल सरकारले निकासी पैठारी ९नियन्त्रण० ऐन, २०१३ को दफा ३ को उपदफा ९१० र प्रतिस्पर्धा प्रबध्र्दन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी सम्बत २०७४ साल साउन १ गते देखि अर्को व्यवस्था नभएसम्मका लागी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट नेपालभर आयोडिनयुक्त नूनको आयात, भण्डारण तथा बिक्रि बितरण गराउने व्यवस्थालाई निरन्तरता दिने जानकारी गराएको थियो । तर, प्रधानमन्त्रीकै आर्थिक सल्लाहकार गरेका दुगडको स्वामित्वको उद्योगले भने  सरकारी निर्णयलाई लत्याउँदै सर्वसाधरणको स्वास्थ्य माथि खेलवाड गरिरहेको उपभोक्ता अधिकारवादीहरुको भनाई छ ।