बिर्तामोड (कान्तिपुर दैनिकबाट ) राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग आव २०८०र८१ सम्म सक्नुपर्ने छ । तर काम अपेक्षित गतिमा भने अघि बढ्न सकेको छैन । आयोजनाको डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० २०७६ भदौ १ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । डीपीआरमै ढिलाइले काम थाल्न केही ढिला भएको सेनाको दाबी छ । सेनाले द्रुतमार्गको २०७४ जेठबाट निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो।

द्रुतमार्गको महादेवटार ३।३५५ किमि, धेद्रे १।६३० र लेनडाँडामा १।४३० किमि सुरुङ निर्माण गर्नुपर्नेछ । भित्रिने र बाहिरिने गररे साढे १२ किमि सुरुङ निर्माण हुनेछ । आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । १०।५९ किमिका ८७ वटा पुल निर्माण हुनेछन् । यी दुवै काम अहिलेसम्म सुरु हुन सकेको छैन । गौरवको आयोजना भए पनि काम नभएको भन्दै द्रुतमार्गबारे सांसदहरूले प्रश्न उठाउने गरेका छन्। हालै संसदीय समितिले आयोजनाबारे प्रश्न उठाउँदै हालसम्म भएका काम र सेनाले ठेक्का लगाएका प्रक्रियाको कागजात मागेको छ । यो मार्गको २०६७ मा सेनाले नै ट्रयाक खोल्ने काम गरको थियो ।

OM Sai Pathibhara Hospital

पछि निर्माण व्यवस्थापनको जिम्मा सरकारले सेनालाई नै दिएको हो। चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुर, काठमाडौं ४ किमि, ललितपुर ७।९ र बारामा ७।६ किमि पर्छ । निर्माणको काममा सेनाले पुल र सुरुङमार्गको ठेक्काको लागि भने अन्य कम्पनीलाई छनोट गरको छ । सडक सञ्चालनमा आएपछि एक घण्टा दुई मिनेटमा काठमाडौं–बारा आउजाउ गर्न सकिनेछ ।