काठमाडौँ / कतारमा कोभिड १९ का संक्रमितहरु बढिरहेको जनाइएको छ ।  स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । 

OM Sai Pathibhara Hospital

यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ । 

चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ । यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ ।