बिर्तामोड /  झापा र मोरङमा लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ का मेचीनगर –७ का ३७ बर्षीय नारायण किसान रहेका छन् ।

उनलाई प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको  । पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१८ बाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरीक २३ बर्षीय दिलिप कुमार साह र बिराटनगर महानगरपालिका–१८ का २ जना बालक रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले डाइजापाम –१९० ट्याब्लेट , फेनारगन–१९० ट्याब्लेट र नुफिन १९० ट्याब्लेट सहित पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।