मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनग महानगरपालिका –३ का २० अजय सहनी रहेका छन् । 

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बससँग सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकल ठोक्किएर घाईते भएका मोटरसाईकल चालक उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।