बिर्तामोड (गोरखापत्र दैनिकबाट) विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ ९एलओआई० पठाइएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भन्नुुभयो, “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ । ”

एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको हप्ता दिनमा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउनेछ । ५० वटा स्टेसन निर्माणका लागि करिब ६० करोड रुपियाँ लागत अनुमान गरिएकोमा ग्लोबल टेन्डरमार्फत कम्पनीले करिब ३८ करोड रुपियाँको बोलपत्र दिएको थियो । सोहीअनुसार सम्झौता हुने प्रवक्ता तिम्सिनाको भनाइ छ ।

देशभर ५० वटा स्टेसन निर्माण गर्न १३ वटा कम्पनीले परियोजना प्रस्ताव पेस गरेका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच÷पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकताका आधारमा पूर्वपश्चिम

राजमार्गमा राखिनेछ ।

प्राधिकरणका अनुसार प्रदेश १ को भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमास प्रदेश २ को वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराजमास गण्डकी प्रदेशको नवलपुर ९पूर्वी नवलपरासी०, दमौली, स्याङ्जा र पोखरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशको नेपालगन्ज, भालुवाङ, बुटवल, दाङ र बर्दघाट÷सुनवलमास कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ । १२० किलोवाट र ६० किलोवाटसम्मका सवारीसाधनका लागि छुट्टाछुट्टै चार्जिङ प्रणाली विकास गरिने प्रवक्ता तिम्सिनाले बताउनुभयो ।

साधारण चार्जर प्रविधिले एउटा सवारीसाधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्छ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारीसाधन बढीमा एक घण्टा २० मिनेटमा चार्ज हुने गर्छ । सवारीसाधन एक पटक पूर्ण चार्ज भइसकेपछि ३५० किलोमिटरसम्म गुड्न सक्छ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटक तीन सवारीसाधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् ।