बिर्तामोड (राजधानी दैनिकबाट) कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ ।

चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारका लागि पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।

OM Sai Pathibhara Hospital

विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरूप पूर्वतयारी मुख्य काम सकिएको छ । मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको छ । नेपालले चीनलाई काम सुरु गर्न सकिने अवस्था रहेको भन्दै पत्राचारसमेत गरिसकेको छ ।

११.६ किलोमिटर सडक खण्ड चीन सरकारले आठ लेनमा विस्तार गर्नेछ । विस्तारका लागि यसअघि नै सहमति भइसकेको छ । मुआब्जालगायत पूर्वतयारी सम्पन्नपछि मात्र काम सुरु गर्ने चिनिया“ पक्षले जनाए पनि नेपालले विद्युुत्, ढल व्यवस्थापनलगायत ‘साइट क्लिअर’ कार्य अघि बढाएको थियो । अब मुआब्जा वितरणसँगै पूर्वतयारीका सबै काम सकिने भएको छ ।

सडक विभागले चिनियाँ पक्षले काम थाले कुनै पनि साइटमा अवरोध उत्पन्न नहुने प्रस्ट पारिसकेको छ । विभागका अनुसार गोंगबु अकासेपुल र अस्थायी संरचना हटाइसकिएको छ ।

स्थानीय भने विस्तारक्रममा भत्काउनुपर्ने महाराजगन्ज चोकका घर र अधिग्रहण गर्नुपर्ने जग्गाबारे विवाद कायमै रहेको बताउँछन् । स्वयम्भू क्षेत्रको धार्मिक सम्पदा भत्काउने विवादसमेत जारी छ ।

२०२७ सालमा चीन सरकारकै सहयोगमा चार लेन चक्रपथ निर्माण भएको थियो । २७।२ किमि लम्बाइको चक्रपथ विस्तारपछि चौडाइ १५ मिटरबाट बढाएर ५० मिटर हुनेछ ।

अहिले तीन खण्डमा विभाजन गरी चक्रपथ विस्तार भइरहेको छ । पहिलो खण्ड कलंकी–कोटेश्वर काम पूरा गरी चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गरिसकेको छ । चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकीसम्मको १० किमि सडक आठ लेनमा विस्तार भइसकेको हो ।

यो खण्ड विस्तारका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भएको सडक विभाग बताउँछ । दोस्रो खण्डअन्तर्गत कलंकी–चाबहिल सडक विस्तारका लागि करिब ६ अर्ब लाग्ने अनुमान छ । कलंकी–चाबहिल ९धोबीखोला०सम्म ११।६ किमि छ । तेस्रो खण्डामा चाबहिल–कोटेश्वर सात किमि खण्ड विस्तार गरिने योजना छ । यसखण्डमा चाबहिल–गौशालाको करिब १।३ किमि सडक विस्तार संवेदनशील मानिएको छ ।