बिराटनगर / झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचिनगर–६ का २० बर्षीय विवेक नेम्वाङ रहेका छन् । उनलाई पानीटंकीबाट नेपाल आउने क्रममा मेची पुलबाट १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको  ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यसै गरी मोरङ केराबारी–१० का २९ बर्षीय रण बहादुर राई १० के.जी. गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँचका क्रममा गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

त्यसैगरी उदयपुर कटारी–१ बेलसोतबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कटारी–३ का २२ बर्षीय ऐसान खान र सोही स्थानका २० बर्षीय सुमन बोगटी रहेका छन । उनिहरुलाइ लागुऔषध निट्राभेट –१५ ट्याव्लेट र इस्पास्मो प्रोस्यभोन पलस–७२ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

पक्राउ परेका चारै जना माथि सम्बन्धित कार्यालबाट थप अनुसन्धान भइरहेको प्रदेश एकको प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।