बिर्तामोड / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभील वैंकका अध्यक्ष समेत रहेका नेकपा (एमाले) का पुर्वसांसद इच्छाराज तामाङले आर्थिक अपचलन गरेको भन्दै छानविन र कारवाही अघि वढाएको छ । 

सिभिल होम्सका संचालक समेत रहेका तामाङले आफु नै सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको अवौं रुपैंया हिनामिना गरी अकुत कमाएको भन्दै विभागले उनको अनि उनका परिवारको सम्पती तथा वैंक खाता रोक्का गरी छानविन तथा कारवाही अघि वढाएको हो ।

OM Sai Pathibhara Hospital

एमालेका पुर्वसांसद समेत रहेका ‘तामाङले आफुनै संचालक समितिमा रहेको  सिभिल सहकारीको रकम आफुखुसी निकालेर अनियमित तरीकाले विभिन्न काममा लगानी गरेको भेटिएपछि छानविन र कारवाही थालिएको विभाग स्रोतले जानकारी गराएको छ ।

उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको एक अर्व भन्दा वढि रकम सहकारीको नियमित विपरीत निकालेर विभिन्न काममा लगानी गरेको तथा सम्वन्ध विच्छेद गरी आफ्नी श्रीमति सृजना शाक्यको नाममा समेत राखेको वताईएको छ ।

सहकारीमा सर्वसाधारणले वचत गरेको रकम फिर्ता नपाएपछि सदस्यले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतमा जारी मुद्धा अहिले पनि विचाराधिन नै रहेको छ ।

सहकारीले आफ्नै संचालकको हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनीरुपमा प्रवाह गरी संस्था धराशायी बनाएपछि बचतकर्ता र सेयर सदस्य अदालत पुगेका हुन्। बचतकर्ताले आफ्नो रकम अझै पनि फिर्ता पाएका छैनन्।