बिर्तामोड / अव नेपाली नागरीकले नेपालका बैंकबाटै विदेशी सामान तथा सेवा डलरमा भुक्तानी गरी खरिद गर्न पाउने भएका छन् ।  यस अघि अवैध तथा गैरकानुनी रुमा हुँदै आएको यो कामका कारण मुलुकको अर्थ तथा वित्तिय क्षेत्रमा असर देखिएपछि राष्ट्र बैंकले नपाली नागरीकले नेपालकै बैकबाट विदेशी मुद्रामा भुक्तानी गर्न पाउने व्यस्था गरिदिएको हो ।

विदेशी सामन खरिद तथा सामाजिक संजाल प्रयोगमा अवैध वाटोबाट हुँदै आएको कामलाई व्यवस्थित गर्न राष्ट्र बैंकले नयाँ व्यवस्था गरिदिएको हो । नयाँ व्यवस्थासँगै विदेशी बैंकमा खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत समेत नभएका नेपालीले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउने भएका छन् । अनलाइन कारोबारका लागि मात्र नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले नेपालमा नै बसेर अनलाइनमार्फत विदेशबाट सामान खरिद तथा सेवा लिन चाहेमा सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक तथा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनु पर्नेछ । सोही कार्ड मार्फत  विदेशबाट खरिद गरेको सामान तथा सेवाको भुक्तानी विदेशी मुद्रामा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  तर राष्ट्र बैंकले यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा भने तय गरिदिएको छ ।

नयाँ व्यवस्थासँगै यसअघि अनौपचारिक बाटोबाट हुँदै विदेशी मुद्राका कारोबार औपचारिक प्रणालीमा आउने भएको छ । नयाँ व्यवस्था अन्तर्गत बैंकले जारी दिएको प्रिपेड कार्डबाट एटीएम कार्डबाट जस्तो नगद निकाल्न भने पाईने छैन । यसअघि नियमित रूपमा डलरमा आम्दानी भएकाले मात्र बैंकमा अमेरिकी डलर मा खाता खोल्न पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार वार्षिक ५ सय अमेरिकी डलरसम्म भुक्तानी गर्न सकिने भए पनि सो कारोबारबाट विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिले भने वार्षिक ५ हजार अमेरिकी डलरसम्मको कारोबार गर्न पाउँने छन् । तर उनीहरूले डलरमै नगद निकाल्न भने नपाउने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ व्यवस्थासँगै अव फेसबुक र  युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । यस अघि सामाजिक संजालमा महँगो शुल्कमा चोरी बाटोबाटै यी काम हुने गरेका थिए ।

सामाजिक सञ्जालमा विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका थिए । उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट भुक्तानी गर्न लगाई महँगो मुल्यमा पैसा पठाउने गरेका थिए । युट्युब , फेसबुक तथा ईन्साग्राम जस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । त्यसका लागि भने राष्ट्र बैंकले डलर खाता खोल्न अनुमति दिदैं आएको छ ।