बिर्तामोड / ठुलो परिमाण्मा लागुऔषध सहित झापाको  बिर्तामोडबाट  प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार बिर्तामोड ३ को  भद्रपुर सडक क्षेत्रबाट चार जनालाई ब्राउन सुगर र अन्य लागुऔषध सहित पक्राउ गरिएको जनाएको छ ।

झापा प्रहरीले लागुऔषध विरुद्द चलाएको अप्रेशनका क्रममा लगातार केहि दिन यता लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गरिरहेको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा झापाको  का बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी,  कचनकवल ६ कै ५० वर्षीय हेमनारायण राजवंशी, उर्लाबारी ६ मोरङका२० वर्षीय विष्णु पोद्दार र उर्लाबारी ६ कै १६ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट ब्राउन सुगर ८० ग्राम र लागू पदार्थ एमफेटामाईन ६० ग्राम   बरामद भएको प्रहरीले जानकारी गराएको छ ।