बिर्तामोड / झापामा ब्राउनसुगर सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का २६ बर्षीय सुवास लिम्बु रहेका छन् । 

उनलाई शनिवार दिउँसो, ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम  ब्राउनसुगर सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगरले जनाएको  छ ।