बिर्तामोड (अन्नपूर्ण पोस्ट् दैनिकबाट )संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ।

नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५।२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।  

OM Sai Pathibhara Hospital

सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा  सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो। 

राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो। कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो। भारत ३।८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५।३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन्। श्रीलंका ४।३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४।९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५।२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५।१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन्।