बिर्तामोड ( कान्तिपुर दैनिकबाट) लामो खडेरी र जलवायु परिवर्तनको कारण प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पानीको सतह घटेको छ । राराबाट निस्किने निकासखोला सुकेपछि तालको सतह घटेको अनुमान गरिएको रारा राष्ट्रिय निकुञ्‍जले जनाएको छ ।

निकुञ्‍जका संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार राराबाट निस्किने निकासखोलामा अहिले पानी छैन । त्यहाँबाट पानी नबग्नु भनेको रारामा पानीको सतह तल खस्नु हो । ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको उनले जानकारी दिए । ‘अहिले राराको सतह करिब १० सेन्टिमिटर घटेको हाम्रो अनुमान रहेको छ, तर नाप्ने मेसिन नहुँदा कति घट्यो भन्ने एकिन थाहा हुन सकेको छैन,’ उनले भने, ‘गहिराइ नाप्नको लागि हामीले सम्बन्धित निकायसँग अनुरोध गरेका छौं ।’

OM Sai Pathibhara Hospital

समुद्री सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्दछन् । पर्याप्त हिमपात र वर्षा नहुादा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनारा पनि पहिलेभन्दा केही तह गएको बताए । ‘पुसदेखि राम्ररी हिउँ पनि परेको छैन, जेठसम्म त पानी अहिलेभन्दा अझ बढी घट्ने देखिन्छ,’ उनले भने, ‘तालको छाल ९किनारा० तल सरेपछि पानी पनि घटेको हुनुपर्छ ।’