बिर्तामोड / झापामा लागूऔषध सहित एक जना युवा पक्राउ गरेको इलाका प्रहरी कार्यलय काकडभिट्टाले जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –३ का २१ बर्षीय मानव राजबंशी रहेका छन् । 

बुधबार दिउसो  लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर –६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।