बिर्तामोड / प्रदेश–१ मा यस आर्थिक बर्षको ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता र २७ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 


OM Sai Pathibhara Hospital

आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भएको, अदालतको आदेश पछि फरार रहेका ५ सय ३९ जना पक्राउ गरी कुल ६ सय ४२ बर्ष कैद भुक्तानको प्रक्रियामा गएको र २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको सो कार्यालयले जनाएको छ । 

 

प्रदेश –१ का जिल्लाबाट १ हजार ६ सय ५१.६८१ ग्राम लागुऔषध ब्राउनसुगर र  १ हजार १ सय ३१.७९० केजी गाँजा बरामद भएको अनि २ हजार ४ सय २३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५ सय ४१ गाँजाका बोट नष्ट गरिएको कार्यालयले जानकारी गराएको छ ।  

 

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १ सय ४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८ सय ६ रुपैयाँ राजश्व संकलन भएको छ । 


नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १ सय ४० जना, ५ सय ९८ वटा नदिजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन, अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २ हजार ३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन प्रदेश प्रहरी कार्यालय बिराटनगरले बताएको छ । 


यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार  राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४ सय ७० राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।