सिरहा /  सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो भएको विष्फोटमा परी सात जना घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

विष्फोटका कारण भएको आगलागीमा कार्यालयका महत्वपूर्ण कागजात जलेर नस्ट भएको प्रहरीले जनाएको छ । बिस्फोट पछि भएको आगजनिलाई नियन्त्रणमा लिन लहान नगरपालिकाको वारुण यन्त्र प्रयोग गरिएको छ ।

घटना लगत्तै स्थानिय प्रसासनले व्यापक सुरक्षाकर्मी परिचालन गरी घटनाका बिषयमा अनुसन्धान र घटनामा संलग्नको खोजि सुरु गरेको छ ।