काठमाडौं / साउदीमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने भएका छन् । विदेश कामदारहरूलाई सजिलो हुने गरी साउदी अरबले ‘काफला’ प्रणालीमा सुधार गरेको हो । साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको छ ।

योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने भएका छन् । अब विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ।

OM Sai Pathibhara Hospital

यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइन्छ । विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको उल्लेख छ । विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो।

केही मानव अधिकारवादी संस्थाहरूले आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् तर काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा असन्तुष्टि पनि जनाएका छन्।