भोजपुर / भोजपुरमा मिलको फितामा सल बेरिएर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउपालिका –१ अ‍ेख्रेकी ७६ बर्षीया कुमारी बानियाँ रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बानियाँको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको हो  ।

OM Sai Pathibhara Hospital

शनिबार बेलुका ५ बजे लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएर घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता  मेडिकल ओख्रेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।