काठमाडौँ / नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा कणिन्द्र भट्ट, सचिवद्वयमा महेशराज पौडेल र यादवलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै प्रदेश नं. १ को संयोजकमा धर्मेन्द्र श्रेष्ठ, प्रदेश नं २ को संयोजकमा दुर्गानन्दप्रसाद साह, वाग्मती प्रदेशको संयोजकमा उत्तम विष्ट, गण्डकी प्रदेशको संयोजकमा नीलकण्ठ पोखरेल, लुम्बिनी प्रदेशको संयोजकमा चक्रपाणि शर्मा, कर्णाली प्रदेशको संयोजकमा मदनबहादुर खड्का निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेश संयोजक भने पछि छनोट गर्ने महासङ्घले जनाएको छ । 

त्यसैगरी सदस्यमा शेरबहादुर कुँवर, मोहनदेव नाथ, हर्कबहादुर श्रेष्ठ, ऐनबहादुर रावत, महेश भट्ट, दीपेन्द्रकुमार यादव, बालकृष्ण कोइरालालगायत ३३ सदस्य निर्वाचिन भएका छन् ।