बिर्तामोड /  झापामा शनिबार दिउसो छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । 

कमल गाउपालिका –१  बालुबारीमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका –४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छन् । 

त्यस्तै झापा बाह्रदशी गाउपालिका –५ कनकन मार्गमा मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ चालक ४३ बर्षीया कलसावती राजबंशी घाइते भई उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।