बिर्तामोड / धरानका एक युवालाई  लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ रमाइलो चौंकका ३३ बर्षीय पेम्वा शेर्पा रहेका छन् । 

शुक्रबार राती खटिएको प्रहरी टोलीले शेर्पालाई लागुऔषध नाइट्रोजन–१५१ ट्याव्लेट, स्प्यास्मोप्रोक्सिन–६४ ट्यावलेट र डिलेक्स डिसि–१२ वोटल सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका शेर्पालाई हिरासतमा रखिएको र थपअनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।