खोटाङ / खोटाङमा भिरबाट लडी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसीको तुवाचुङ नगरपालिका –११ मापाचुलीका ५६ बर्षी  राम बहादुर कार्की रहेका छन् । 

कार्कीका शुक्रबार बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।