बिर्तामोड (नेपाल समाचारपत्रबाट ) कोरोनाका कारण विगत एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किएका छन् ।अध्यागमन कार्यालय रसुवागढीका अनुसार मंगलबार ११ जना र बुधबार एक जना केरुङबाट रसुवागढी आई आ–आफ्नो घर फर्किएका हुन् ।

व्यापार व्यवसायका लागि केरुङमा नै बसोबास गरिरहेका जिल्लाभित्र र बाहिरका नेपालीहरू कोभिडका कारण लगाइएको लकडाउनले गर्दा घर फर्कन सकिरहेका थिएनन् । फागुन २१ गतेदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि केरुङमा रहेका नेपालीले कोही गर्भवती भएको र कोही बिरामी भएको कारण देखाई स्वदेश फर्काउन अनुरोध गरेकोले उनीहरूलाई स्वदेश फर्काइएको अध्यागमन प्रमुख एकनारायण भण्डारीले बताउनुभयो ।

OM Sai Pathibhara Hospital

उहाँले कन्सुलर विभागमार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर सम्पर्कमा आएका घर फर्कन चाहने ती नेपालीलाई करिब एक महिनाको प्रयासपछि घर फर्काउन सफल भएको बताउनुभयो ।केरुङमा नेपालीहरू होटल, सुन पसल, सुपर मार्केटका साथै गेस्ट हाउसमा काम गर्ने गर्दछन् भने केहीले आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।