बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) विराटनगरमा सर्बो ब्रान्डको लेबल लगाएर नक्कली मोबिल र नक्कली एसियन पेन्ट्स बिक्री गर्दै आएका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । विराटनगर ११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जनपथ टोलमा २० वर्षदेखि भाडा लिएको गोदाममा सर्वोको लेबल लगाएर नक्कली मोबिल र इनामेल पेन्ट्स प्याकिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

OM Sai Pathibhara Hospital

‘खेम्काले बाहिरबाट मोबिल ल्याएर सर्वोको स्टिकर आफैंले छापेर एक लिटरको बट्टा र बोतल तयार पारी बिक्री गर्दै आएको घटनास्थलके प्रकृतिले देखिन्छ,’ उनले भने, ‘इनामेल पेन्टस पनि बाहिरबाट ल्याएर एसियन पेन्टसको लेबल लगाएर बिक्रीवितरण गर्दै आएको पाइयो ।’