सुनसरी/  सुनसरीको ईनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । 

बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ –४ स्थित पुर्ब–पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।