उदयपुर । प्रहरीले बुधबार दिउसो उदयपुरबाट २ जना र मोरङबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा –३ भुल्केका ३७ बर्षीय सहिद मियाँ, उदयपुर बेल –७ का ४० बर्षीय हस्त बहादुर राई र  मोरङको  लेटाङ– ५ का २४ बर्षीय प्रदिप राईलाई रहेका छन् ।  

हिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, ८० ट्याब्लेट, डाईलेक्स डिसी ६  बोतल,  नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल,  फेनारगन १२  एम्पुल  सहित पक्राउ गरिएको छ भने हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै मोरङको  लेटाङ– ५ स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले  एभिल–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल, डाईजोलयाप–१० एम्पुल, फेनारगन–९ एम्पुल सहित प्रदिप राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका माथि थप अनुसान्धान भईरहेको सो कार्यालयले जनाएको छ ।