बिर्तामोड ( राजधानि दैनिकबाट )अनुदानमा ल्याउने कि खरिद गर्ने भन्ने अन्योलबीच बंगलादेशबाट बल्ल रासायनिक मल युरिया नेपाल भित्रिएको छ । ‘गभरमेन्ट टु गभरमेन्ट ९जीटुजी०’ प्रक्रियाबाट बिनामध्यस्थकर्ता खरिद ५० हजारमध्ये पहिलो लटमा बंगलादेशको कर्णाफुल्लीबाट लिफ्टिङ भएर २२ हजार ५ सय मेट्रिक टन मल भारतको कोलकाता आइपुगेको थियो ।

त्यहाँ प्याकिङ भएर सोमबार भारत जोगमुनी हुँदै विराटनगर र मंगलबार वीरगन्जको आईसीपीमा युरिया मल आइपुगेको कृषि सामग्री कम्पनीका प्रवक्ता राजेन्द्र कार्कीले जानकारी दिए । पहिलो लटको साढे २२ हजारमध्ये सोमबार २१ ट्रकमार्फत भारत जोगमुनी हुँदै ९ सय मेट्रिक टन विराटनगर र मंगलबार २ हजार ५ सय मेट्रिक टन मल वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ ।

OM Sai Pathibhara Hospital

बंगलादेशको जेन ट्रेडर्सले पारेको क्लियरिङ फर्वाडिङ टेन्डरअनुसार उसले ९० दिनभित्र सबै मल नेपाल पु¥याइसक्नुपर्नेछ । सो प्रक्रियाअनुसार सोमबार र मंगलबार पहिलो लटको ३ हजार ४ सय मेट्रिक टन युरिया मल भित्रिएको हो ।

५० हजारमा बाँकी १० हजार मेट्रिक टन युरिया मल बंगलादेशबाट ‘डिस्प्याच कन्फम’ भइसकेको छ । बाँकी साढे १२ हजार मेट्रिक टन ‘लिफ्टिङ’ हुँदै छ । कर्णाफुल्लीबाट आगामी चैतभित्र सबै मल नेपाल आइपुगेको छ ।

गत आवमा रासायनिक मल अभाव मध्यनजर गर्दै चालू वर्ष कृषि सामग्री कम्पनीले अरू १ लाख २० हजार मेट्रिक टन युरिया मल चैतभित्रै नेपाल ल्याइपु¥याउने गरी खरिद गरिसकेको छ । यसअलावा डीएपी मल ५० हजार मेट्रिक टन भित्रिसक्यो ।

यसैगरी, २५ हजार मेट्रिक टन पाइप लाइनमा छ । थप ५ हजार मेट्रिक टन डीएपी मल आउनेक्रममा छ । सबै मल आइपुगेपछि आगामी सिजन अभाव नहुने सम्भावना बढेर गएको छ ।