झापा /  यसपटक मकैखेती गर्ने बेलामा वर्षा नहुँदा समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका  कृषक चिन्तित बन्न थालेका छन् । 

वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती शुरु गर्ने भए पनि अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरी बढ्दै गएकाले मकैखेतीमा समस्या आएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।  

OM Sai Pathibhara Hospital

अहिले मकैखेती गर्ने समय शुरु भए पनि एकपटक पनि वर्षा नभएपछि खेतीमा समस्या आउन थालेको गुनासो गर्दै आठराई गाउँपालिका–३ हवाकुका चन्द्र तामाङ भन्छन्, “फागुनको पहिलो हप्ताबाट नै खेतबारी जोत्ने काम सकियो, अब मकै छर्ने बेला शुरु भयो तर वर्षा नहुँदा अहिले खेती शुरु गर्न निकै समस्या भएको छ ।”

यस पटक अहिलेसम्म एक पटक पनि वर्षा हुनसकेन, यस कारण मकैखेती गर्ने समय आए पनि सुख्खा खडेरीको कारण मकै छर्न समस्या हुन थालेको छ ।

विगत वर्षमा पुस, माघदेखि वसन्तपञ्चमीभित्र दुई–चारपटक वर्षा हुने गरेका कारण जमीन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक वर्षा नहुँदा समस्या आएको कृषकहरुको भनाइ छ । 

पहाडी क्षेत्रमा वर्षेनी फागुनको दोस्रो हप्तादेखि मकै छर्ने शुरु हुने गरे पनि अहिले फागुनको तेस्रो हप्ता जान लाग्दा पनि वर्षा नभएर खडेरी बढ्दै गएको कारण मकै छर्न ढिलाइ हुन थालेको आठराई गाउँपालिका –२ इवाका कृषक टंक अधिकारी बताउछन् ।