सिन्ह्वा / ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ ।  ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।

कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको (कोभिड–१९) को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

२४ घण्टामा ब्राजिलमा थप ७० हजार ७ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ११ लाख पुगेको छ । कोरोना शुरु भएयता हालसम्म २ लाख ६८ हजार ३७० को मृत्यु  भइसकेको छ ।

ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्यांकअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो । गत दुई हप्ता यता यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्रोतले जनाएको छ ।सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाहरुका आकस्मिक कक्षहरु ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।  

“कोभिड –१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।त्यो क्रम अहिले पनि रोकिएको छैन । अहिले पनि सो महामारीको प्रकोप झन् बढेकोे फियोक्रुजका वरिष्ठ अधिकारी ओरेलानाले एएफपीलाई बताएका छन् । 

कोरोना विरुद्धको खोपका कारण हालको महामारीको परिस्थितिमा आमूल परिवर्तन भएको पनि उनले बताए । तर मृत्यु हुनेहरुको संख्या नघट्नु दुःखद भएको उनको भनाई छ ।  एजेन्सी