दाङ  / स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो । 

संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति भएको समयमा उपाध्यक्ष कोसेली दिइने भएको उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले जानकारी दिन् । उपाध्यक्ष चौधरीले सुत्केरीलाई कोसेलीस्वरुप आवश्यक सामग्री प्रदान गरी कार्यक्रमको शुरुवात गरेको हो ।

कोसेली वितरण कार्यको शुरुवात राप्ती गाउँपालिकाको उपाध्यक्षबाट सम्बन्धित बर्थिङ सेन्टरको सेवा प्रदायकले सबै प्रसूति सेवाग्राहीलाई यथास्थानमै दिइने व्यवस्था मिलाइएको छ । राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी वृद्धि गरी आमा तथा नवजात शिशु मृत्यु कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको छ । 

आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरबाट निःशुल्क २४ सै घण्टा प्रसूति सेवा, न्यानो झोला वितरण, प्रोटोकल अनुसार गर्भजाँच भएकालाई गर्भवती उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराए  एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

शून्य होमडेलिभरी वडा घोषणा कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्दै शतप्रतिशत संस्थागत प्रसूति गराई असुरक्षित प्रसूतिबाट हुने मृत्युको जोखिम कम गरी मातृ मृत्यु दर घटाउने प्रयास भइरहेको छ ।