काठमाडौं । महाशिवरात्रि पर्वमा पशुपति मन्दिर आसपास क्षेत्रमा सवारी साधन चल्न रोक लगाइने भएको छ । ट्राफिक प्रहरी महाशाखा बग्गीखानाले शिवरात्रिका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना जारी गरेको छ ।

महाशाखाका अनुसार भोलि (बिहीबार) पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ। पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

OM Sai Pathibhara Hospital

तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्। महाशाखाले जारी गरेको सूचनामा चक्रपथमा सवारी चल्न दिने भएपनि दर्शनार्थीको चाप बढ्दा यातायात प्रभावित हुने देखिएमा आवगमन निषेध गर्ने उल्लेख छ ।


Traffic-Suchana