एजेन्सी/ अफ्रिकी देश बुरुण्डीमा भीडभाडयुक्त जेललाई व्यवस्थित गर्ने योजना अनुसार ४० प्रतिशत कैदी छाडिने भएका छन् ।
बुरुण्डी सरकारले बढी भीड भएका जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अनुसार हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय गरेको हो ।
कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २ सय ५५ जना कैदी छुट्ने भएका हुन् ।
राष्ट्रपतिको निर्देशनमार्फत कैद मिनाहा गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैदी छन् ।
त्यस्तै उनीहरुले पाँच वर्षभन्दा बढी कैद सजाय बिताइसकेका छन् । अन्तर्राष्ट्रिय गैर९सरकारी संस्था क्रिश्चियन्स फर एबोलिसन फर टर्चरको बुरुण्डीयाली शाखाले बुरूण्डीमा १३ हजार २ सय कैदी रहेको उल्लेख गरेको छ ।