मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका– १० बाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । 

सोमबार राती ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गाँजा २०० ग्राम फेला पारेको ईलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ । 

OM Sai Pathibhara Hospital

प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मग्राती र १८ बर्षीय संजिब मगरलाई समेत पक्राउ गरेको छ । 

पक्राउ परेका पाँचजनालाई हिरासतमा राखिएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।