धनकुटा /  धनकुटामा टयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनकुटाको सहिदभुमी गाउपालिका –७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको बाटोमा हिँडिरहेको बेला ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । 

आज दिउसो ११ बजे  ना५त १९७१ नम्बरको ट्याक्टरले पैदल यात्री राईलाई ठक्कर दिदाँ मनकुमारी राईको  घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ । 

OM Sai Pathibhara Hospital

ठक्कर दिने ट्याक्टरलाई  प्रहरीको नियन्त्रणमा लिएको छ भने चालक हरि बहादुर राई फरार रहेको र खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।