काठमाडौँ/  दाङको देउखुरीमा बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

गएराति लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा दुर्घटना हुँदा लमही नगरपालिका–८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल अकापसमा ठोकिएका हुन् ।प्रकाशको लमही अस्पतालमा र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।