बिराटनगर / एक नम्बर प्रदेशका विभिन्न ठाउँबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । शनिबार प्रहरीले चेकजाँचका क्रममा झापा र उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

झापाको बुद्धशान्ति –३ स्थित झिलमिले पुलबाट २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम  र  झापा भद्रपुर –८ सगरमाथा चौकबाट २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम  खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका दुबै जनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । 

त्यसै गरी उदयपुर  त्रियुगा –६ लालपत्ताबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहाको लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक–१ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर  त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन् । 

पक्राउ परेका सुजित र महेशलाई लागुऔषध डाईजेपाम–३५ एम्पुल, लुपिजेसिक–३५ एम्पुल र फेनार्गन–३५ एम्पुल बरामद भएको छ भने होमबहादुरको साथबाट  लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।