इटहरी/  मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँ स्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठोक्किदा भएको  दुर्घटनामा परि मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२–०२–००१ प ३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी–११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा  र सह–चालक बेलबारी बस्ने उत्सब गिरी घाईते भएको र उनिहरुको  बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।