बिर्तामोड / लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का अविनाश चौधरी, लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का अजय कठायत, बलराम कठायत, कमल कठायत, प्रविन कठायत र बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन् ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ का विपिन चौधरी, सोही उपनगरपालिका–५ का लक्ष्मण चन्द, सागरबहादुर देउपा, बझाङको तल्कोट गाउँपालिकाका दिनेश खाती, नवीन जोशी र कैलालीको टीकापुर नगरपालिका–२ का सागर बोहरा पक्राउ परेका छन् ।

यस्तै बझाङ थलारा गाउँपालिकाका शिवराज नेपाली, दुर्गाथली गाउँपालिका–५ का  कृष्ण कठायत, जनवासा गाउँपालिकाका  विक्रम बोहरा, वुनपा–७ का विमल बोहरा र जनपका जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।