काठमाडौं / एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी गराएको छ । 

दुतावासले अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । 

OM Sai Pathibhara Hospital

वि.सं. २०७६ मा वीरगन्जका एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै मुस्कानलाई एसिड प्रहार गरेका थिए । घटना पछी मुस्कान सामाजिक क्षेत्रमा महिला हिंसा र महिलाको न्यायको लागि सक्रिय बनेकी थिइन् ।

असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दै आइरहेको छ । अघिल्लो वर्ष पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पुरस्कारबाट सम्मान गरिएको थियो ।