बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट ) ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज ९शुक्रवार० देखि सार्वजनिक निष्कासन हुने भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । 

OM Sai Pathibhara Hospital

यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गर्ने भएको हो । 

उक्त आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । 

कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीले यो आईपीओ विक्री गर्न फागुन ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू। २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू। १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी रू। २ अर्ब २० करोड पुग्नेछ । 

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६र७७ सम्म प्रतिशेयर नेटवर्थ रू। १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू। १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू। २८ करोड ६४ लाख १ हजार रहेको छ ।