काठमाडौँ/ हिमाली जिल्लामा उत्पादन हुने मार्सी चामल र अग्र्यानिक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । कर्णालीबाट पहिलोपटक छ लाख रुपैयाँ भन्दा बढीको सामग्री जापान निर्यात भएको छ ।

अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् । व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनले भने, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ । ” कर्णालीका कृषि वस्तुको व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको यहाँका स्थानीयवासी बताउँछन् ।

कर्णालीका किसानको जीवनस्तर उकास्नेसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।