बिर्तामोड/ नेपाल दूरसञ्चार कम्पनीले चैत १३ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

सभाले आर्थिक वर्ष २०७६७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाको अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।