बिर्तामोड। पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् सजिना शाक्यले आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली र बागमती तथा गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने बताइन् ।
यस्तै, प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ ।