काठमाडौं। नाइजेरियामा सशस्त्र आतंककारीहरुले शुक्रबार जाफ्नाको एक सरकारी विद्यालयमा आक्रमण गरी ३ सयभन्दा बढी बालिकाको अपहरण गरेका छन् । 

गैरइस्लामिक शिक्षा दिइएको भन्दै आक्रोशित बोको हरामका आतंककारीहरुले यहाँका विद्यालयहरुमा लगातार आक्रमण गरिरहेका छन्। केही परिवारले वरपरका जंगलहरूमा आफ्ना छोराछोरीहरूलाई खोजिरहेका छन्।

OM Sai Pathibhara Hospital

यसैबीच सेनाले पनि खोजी कार्य सुरु गरेको छ । जफ्ना राज्यका सूचना आयुक्त सुलेमान तानु अनाकाले बताएअनुसार सशस्त्र आतंककारीहरूले कति बालिकालाई अपहरण गरेका छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट गरिएको छैन। तर, यो संख्या ३ सयभन्दा बढी रहेको स्थानीय सञ्चारमाध्यमले दाबी गरिरहेका छन् । यी मध्ये अधिकांश बालिकाहरू १२ देखि १५ वर्षका छन्।

घटना जाफ्नाको सरकारी गर्ल्स सेकेन्डरी स्कूलमा भएको हो। सो स्कुलमा पढाउने एक जना शिक्षकले बताएअनुसार घटनाका बेला बालबालिकाहरु कक्षामा पढिरहेका थिए । त्यही बेला दर्जनौं आतंककारीहरू हतियार लिएर स्कूल आए र बालिकाहरुलाई लिएर गए ।

आक्रमणकारीहरु सेनाको पोसाकमा ठूलो संख्यामा पुगेका थिए। मिडिया रिपोर्टका अनुसार यस विद्यालयमा ४ सय २१ बालिका अध्ययनरत छन् । जसमध्ये ५५ जना सुरक्षित छन् ।