बिर्तामोड (कान्तिपुर दैनिकबाट) इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन् ।

म्यानचेस्टरले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि समग्रमा ४–० ले अगाडि रहेर अर्को चरण पुगेको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै आर्सनलले बेनफिकालाई ३–२ ले हरायो । टोली समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । लेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिएको छ । स्लाभिया प्रागसँग २–० ले पराजित भएपछि उसको चुनौती समाप्त भएको हो ।

स्लाभिया समग्रमा २–० ले अगाडि रह्यो । बिहीबारका खेलबाट रेन्जर्स, आयाक्स, ग्रेनेडा, भिल्लारियल, योङ ब्वाइज र डायनामो किभ पनि अन्तिम १६ पुगेका छन् ।